दशैँको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदै

कोहलपुर, कार्तिक ३,

हिन्दु नेपालीहरुको महान पर्व दशैँको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदै छ ।

देशभरिका नवदुर्गाका मन्दिर र शक्तिपीठमा सोमबार पनि विधि पूजा मात्रै गरिनेछ । देशभरका शक्तिपीठमा दर्शनार्थीको भीड लाग्ने गरेको भए पनि तर कोरोना महामारीका कारण यसवर्ष भने सुनसान रहेको छ ।

नवरात्रि नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *