‘सेवासँगै सुरक्षालाई प्राथमिकतामा राखेका छौं’–शाखा प्रबन्धक केसी

बिधुत्मा रैका,
कोहलपुर, कार्तिक ३,

बाँकेको कोहलपुरमा संचालन भैरहेका बैंकहरुले कोरोनाबाट सुरक्षित रहने तरिका अपनाउँदै बैंकिङ कारोबार गरिरहेका छन् ।

कोहलपुरमा रहेका सबै बैंकहरुले कोरोना संक्रमणको जोखिमलाई कम गर्नका लागि विभिन्न स्वास्थ्यका मापदण्ड अपनाएर सेवाग्राहीलाई सेवा प्रदान गरिरहेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को जोखिमका बिचमा सामाजिक दुरी कायम गर्दै बैंकहरुले सेवा दिईरहेका छन् ।

कोहलपुरमा रहेको एनआईसी एशिया बैंकले पनि स्वास्थ्यका मापदण्ड अपनाउँदै बैंकिङ कारोबार गरिरहेको छ । सामाजिक दुरि कायम गरि स्यानीटाइजरको प्रयोग गरी सुरक्षित तरिकाले बैंकिङ कारोबार गरिरहेको हो । सेवाग्राहीलाई लाईनमा राखेर पालै पालो बोलाउने र सेवाग्राहीको सहजताका साथ सेवा प्रदान गर्दै आएको बैंक शाखा प्रबन्धक राकेश केसीले बताएका छन् ।

बैंकमा सेवाग्राही मात्र नत्रई बैंकका कर्मचारीहरुको पनि दुरी कायम गरि राखिएको शाखा प्रबन्धक केसीले बताए । उनले भने,–‘कोरोनाको उच्च जोखिममा पनि छ । कोरोना महामारीको बेला बैंकले सेवा दिनु नै पर्छ तर राम्रो ब्यवस्थापन गर्न सके कोरोनाको जोखिम समेत कम हुन्छ । अनेकौं ग्राहक आउछन् त्यसैले हामी यो कुरामा निकै सजग छौ । हामीले सेवासँगै सुरक्षालाई प्राथमिकतामा राखेका छौं ।’ बैंकिङ कारोबार हुने ठाउँमा प्लाष्टिकको बार लगाइएको छ ।

दशैं तिहार जस्ता चाडवाड सुरु भएसँग अहिले बैंकमा आर्थिक कारोबार अन्य समय भन्दा धेरै हुने गरेको छ । बैंकमा हुने भिडभाडलाई व्यवस्थापन गरि सुरक्षित तरिकाबाट सेवा प्रभाव भैरहेको केसीले बताए । उनले महामारीको रुपमा रहेको कोरोना भाइसरबाट जोगिने र फैलिनबाट कम गर्न सामाजिक दुरी कायम गर्नु नै उत्तम उपाय भएको बताए । कोरोनाको जोखिम कायमै भएका कारण अहिले बैंकमै नगई बैंक सम्बन्धी धेरै काम घरबाटै गर्न सकिने जसबाट आफु र अरु पनि सुरक्षित रहन सक्ने उनको भनाई छ । बैंक नगई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा बैंकको वेबसाइट जस्ता डिजिटल बैंकिङका माध्यम प्रयोग गरेर धेरै सुविधा लिन सकिने बताए ।

यसरी बैंकिङ सेवा लिने ग्राहकको संख्या यसपाली धेरै रहेको र प्रभावकारी बनेको केसी बताउँछन् । कोहलपुरमा सञ्चालित एनआईसी एशिया बैंकले पछिल्लो समय डिजिटल बैंकिङलाई प्रथमिकता दिँदै आएको छ । बैंकले आफ्ना ग्राहकलाई घरबाटै कारोबार गर्न सकिने गरी विभिन्न सुविधा उपलब्ध गराएको छ । मोबाइल बैंकिङमार्फत निम्न कारोबार बिना कुनै अतिरिक्त शुल्क तिर्न सक्नेछन् ।

केसीका अनुसार विद्युत, खानेपानी महसुल, स्कुल फि, इन्टरनेट शुल्क, हवाईजहाजको टिकट, नेपाल टेलिकम, एनसेल, स्मार्टसेल टपअप गर्नुका साथै डिसहोम लगायत विभिन्न केबल टिभीको रिचार्ज गर्न एनआइसी एशिया बैंकबाट अन्य बैंकमा रकम ट्रन्सफर तथा एनआइसी बैंककै अन्य खातामा रकम ट्रान्सफर गर्न सकिने छ । यसैगरि इन्स्योरेन्सको प्रिमियम भुक्तानी, फोनपे, ई–सेवा अथवा कुनै पनि बैंकको क्यूआर कोर्ड स्क्यान गरी रकम भुक्तानी, खातामा भएको मौज्दात जाँच, क्रेडिट कार्डको बिल भुक्तानी लगायत विभिन्न सेवा लिन सकिने केसीले जानकारी दिए ।

कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले आर्थिक गतिविधिमा नराम्रो असर परेको उनले बताए । कोरोनाका कारण आर्थिक गतिविधिमा गिरावट आएका कारण व्याजदरमा बैंकले सहुलियत प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *