बागेश्वरी बहुमुखी क्याम्पसमा विद्यार्थी हेल्प डेस्कको स्थापना

कोहलपुर, कार्तिक २,

बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पस हाता भित्र नयाँ विद्यार्थीहरुको सहयताका लागि हेल्प डेस्कको स्थापना गरिएको छ ।

स्नातक र स्नातकोत्तर तहको परिक्षालाई लक्षित गर्दै क्याम्पस हाताभित्र हेल्प डेस्क स्थापना गरिएको हो । केरोना महामारीका कारण परिक्षा फारम भर्न अलमलमा परेका विद्यार्थीहरुलाई सजिलो होस् भन्नका लागि हेल्प डेस्क स्थापना गरिएको विद्यार्थी संगठनले जनाएको छ ।

आगामी मंसीर १४ गतेदेखि हेल्प डेस्क संचालनमा ल्याईने छ । विद्यार्थीहरुलाई हेल्प डेस्क मार्फत अनलाईन तथा लिखित फारमका बारेमा जानकारी प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *