बाँकेमा दशैं तिहारको अवसरमा कुनै पनि कार्यक्रम नगर्न प्रशासनको निर्देशन
कोहलपुर, कार्तिक २,
बाँकेमा दशैं तिहारको शुभकामना आदानप्रदान कार्यक्रम तथा देउसी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालय बाँकेले निर्देशन दिएको छ ।
नोवेल कोरोना भाईरस (कोभिड(१९) का कारण यस वर्ष दशैं तिहारको शुभकामना आदानप्रदान कार्यक्रम तथा देउसी भैलो नखेल्न निर्देशन दिएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै तिहारमा देउसी भैलो नखेल्न भनेको हो । यस्ता खालका गतिविधिले कोरोना संक्रमणको दर झनै फैलिने हुँदा यस्ता कार्यमा रोक लगाएकोे प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले बताए ।
देउसी भैलो खेल्न प्रतिवन्ध लगाउनुका साथै कुनैपनि राजनितिक दल, संघसंस्था, समुह तथा संजाललाई शुभकामना आदानप्रदान तथा विभिन्न खेलकुद कार्यक्रम नगर्न प्रजिअ कुरुम्वाङले आग्रह गरेका छन् ।