मनसुन नेपालबाट बाहिरियो

कोहलपुर, कार्तिक २,

यो वर्षको मनसुन नेपालबाट बाहिरिएको छ ।

गएको जेठ ३० गते नेपाल प्रवेश गरेको मनसुन चार महिनापछि असोज सकिएसँगै बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । असोज १५ गते नै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमका केही भू–भागबाट बाहिरिएको मनसुन नेपालभरिबाट भने हिजादेखिे बाहिरिएको हो ।

यो वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद्ले बताएका छन ।सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने हो । तर पछिल्लो समय केही दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन ढिला नै बाहिरिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *