बालबालिकाको सिकाइलाई अघि बढाउन सरकार गम्भीर नभएको भन्दै चिन्ता

कोहलपुर, कार्तिक २,

कोरोना महामारीका कारण रोकिएको बालबालिकाको सिकाइलाई अघि बढाउन सरकार गम्भीर नभएको भन्दै शिक्षाविद्हरूले चिन्ताव्यक्त गरेका छन् ।

कोरोना महामारीका कारण लामो समयदेखि बालबालिकाको पढाइ रोकिँदापनि सरकारले प्रभावकारी योजना बनाउन नसकेको भन्दै उनीहरूले चिन्ताव्यक्त गरेका हुन् । संक्रमण उच्च भएपनि सावधानी अपनाउँदै फरक ढंगबाट सिकाइ प्रक्रियालाई अघि बढाउन सकिनेतर्फ सरकारले नसोचेको शिक्षाविद् विनय कुशियतले बताए । उनले सामान्य अवस्थामा जस्तो तालिका अनुसार बालबालिकालाई पढाउन नसके पनि उनीहरूको सिकाइलाई भने निरन्तरता दिनु पर्नेमा जोड दिए ।

शिक्षाविद् विद्यानाथकोइरालाले महामारीको समय लम्बीदै जाँदा स्थानीयपालिका र शिक्षकहरूले विशेष योजनाबनाएर अघि बढ्नुको विकल्पनभएको बताए । कोरोना भाइरसको महामारी रोक्नभन्दै सरकारले गएको चैतमा लकडाउन गरेपनि देशभरका करिब ३५ हजार विद्यालयका ७२ लाख विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *