शक्तिपीठहरू नियमितपूजागर्न बाहेक भक्तजनको लागि खुल्ला नगर्न निर्देशन
कोहलपुर, कार्तिक २,
गृह मन्त्रालयले दशैंको बेलामन्दिर तथा शक्तिपीठहरूनियमितपूजागर्न बाहेक भक्तजनको लागि खुल्ला नगर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले मन्दिर तथा शक्तिपीठहरुमा भींडभाड हुँदा कोभिड १९ संक्रमणको जोखिम झनै बढ्ने भएकाले भक्तालुहरुकालागि रोक लगाइएको बताए । तर नित्य पूजा आजा भने नियमित रुपमा सूचारु गर्न सकिने बताए ।
मन्दिरमा भिडभाड नगर्न स्वास्थ्यमन्त्रालयले समेत आग्रहगरिरहेकाले त्यसको कार्यान्वयनकालागि गृह मन्त्रालयले सहयोग गर्ने पनि उनले बताए ।