बाँकेमा तलाउमा डुबेर एक बालकको मृत्यु
कोहलपुर, कार्तिक २,
बाँकेमा तलाउमा डुबेर एक बालकको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोझीस्थित वाटरपार्क तलाउमा डुबेर आइतबार एक बालकको मृत्यु भएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का अन्दाजी १० बर्षिय बालक फरमाद खानकोडुबेर मृत्यु भएको हो । उनी तलाउमा पौडी खेल्ने गएका थिए ।
आइतबार दिउँसो १ बजेको समयमा एक बालक पौडी खेल्ने क्रममा उक्त तलाउमा डुबेर बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाको कमान्डमा प्रहरीको टोली खटेको थियो । प्रहरी टोलीले दिउँसो १ः२० बजे मृत्यु भैसकेको बालकको शवलाई तलाउबाट बाहिर निकालेको एसपी रानाले बताए । जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भैरहेको छ ।