बैजनाथ गाउँपालिकाको प्रशासकिय भवन शिलान्यास

कोहलपुर, कार्तिक १,

बाँकेको बैजनाथ गाउँपालिकाको प्रशासकिय भवनको एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ ।

लुम्बिनी प्रदेश सांसद आइपी खरेल संविधान सभा सदस्य दल बहादुर सुनार गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले सयूक्त रुपमा भवनको शिलान्यास गरेका हुन् । गाउँपालिका वडा न. ५ रामपुरमा प्रशासकिय भवनको शिलन्यास गरिएको हो ।

सिलन्यास कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष प्रमुख प्रशासकिय अधिकृत वडा अध्यक्ष कार्यपालिका सदस्य कर्मचारी स्थानीय ,समाजसेवि लगाएतको सहभागिता रहेको थियो । एम.के विल्डरर्स एण्ड कन्र्टक्सन कम्पनीसँगको सम्झौतामा भवन निर्माणको थालनि गरिएको हो । उक्त कम्पनीसँग गाउँपालिकाले आर्थिक बर्ष २०७७/४/३१ गते भवन निर्माणको लागि सझौता गरेको थियो ।

२०७८ असार मसान्तमा भवन निर्माण सम्मपन्न गर्ने लक्ष्य अनुसार कम्पनीले काम गर्ने भएको छ । ४ करोड ९७ लाख १९ सय ८ रुपैयाँमा भवन निर्माण हुने भएको छ । कूल लागतको ६० प्रतिशत जिल्ला समन्वय समिति बाँकले व्यहोर्ने र बाँकी ४० प्रतिशत रकम गाउँपालिकाले हुने गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *