‘बाँके प्रहरीले ऐतिहासिक काम गरेको छ’–प्र.जि.अ. कुरुम्वाङ

बिधुत्मा रैका,
कोहलपुर, असोज ३०,

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले अपराध नियन्त्रण र अनुसन्धानबाट समाजमा शान्ति, अमनचयन र सुरक्षाको प्रत्याभूति दिलाउन बाँके प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

६५ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेले आयोजना गरेको विषेश कार्यक्रममा प्रजिअ कुरुम्वाङले नेपाल प्रहरीको गर्विलो ईतिहास र सुनौलो भबिष्य रहेको र जनताको आशा र भरोसाको केन्द्रमा नेपाल प्रहरी रहेको त्यस आशा र भरोसालाई कायम राख्न नेपाल प्रहरी सफल हुने बिश्वास समेत ब्यक्त गरेका छन् । कार्यक्रममा प्रमुख अथिती समेत रहेका कुरुम्वाङले ६५ औं प्रहरी दिवस सम्पूर्ण प्रहरीलाई शुभकामना व्यक्त गर्दै विषम परिस्थितिमा प्रहरी सङ्गठनले निर्वाह गरेको चुनौतीपूर्ण जिम्मेवारीले समाजमा प्रहरीप्रति आशा र भरोसा बढेको बताए ।

उनले मानवीय सहायताका कार्य, गम्भीर अपराध अनुसन्धानमा बाँके प्रहरीले प्राप्त गरेको सफलता प्रशंसनीय उल्लेख गरे । उनले भने,–‘प्रहरीकै सक्रियतामा अहिले बाँकेमा तस्करी नियन्त्रण, भन्सार राजस्वमा बढोत्तरी, लागू औषध नियन्त्रण, अपराध नियन्त्रणमा उल्लेख प्रगति भएको छ । ४ महिनाको अबधिमा बाँके प्रहरीले खुंखार अपराधीसहित झन्डै ४ सय अपराधीलाई पक्राउ गरी अदालत समक्ष बुझाएको छ यो प्रहरीको ऐतिहासिक काम हो ।’ उनले पछिल्लो समय कोरोना महामारीविरुद्ध फ्रन्टलाइनमा रहेर प्रहरीले निर्वाह गरेको भूमिका देश र जनताप्रतिको जिम्मेवारीबोध र उत्तरदायित्वको भावनाबाट निर्देशित भएको बताए ।

प्रहरी साँच्चिकै जनताका रक्षक हुन् भन्ने अनुभूति हुने गरी काम गर्न जरुरी रहेको उनको भनाई छ । सङ्गठित एवम् जघन्य अपराध, महिला तथा बालबालिकामाथि हुने अमानवीय कार्यप्रति शून्य सहनशीलता अपनाउन आवश्यकता रहेको बताए । महिला तथा बालबालिकामाथि भइरहेको दुर्व्यहार, हिंसा तथा बलात्कारका घटनाहरुलाई गम्भीरतापूर्वक लिँदै अपराधीलाई कानुनी कठघरामा ल्याउन सशक्त ढङ्गबाट प्रस्तुत हुन आग्रह गरे । ६५ औं प्रहरी दिवस २०७७ को अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न कार्यक्रमको आयोजना गरि भव्यताका साथ मनाएको छ ।

कार्यक्रममा पुर्व प्रहरी, अशक्त अवकाश प्राप्त प्रहरी, अमर प्रहरी परिवार तथा पत्रकार, नागरिक समाज, प्रहरी उपरीक्षक राम प्रकाश शाह, ससस्त्र प्रहरी बलका स.प्र.उ. अशोक बहादुर बम, नेपाली सेनाका सेनानी पुकार शाह, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख नरेन्द्र राज गिरी लगायतको उपस्थिती रहेको थियो । लुम्बिन प्रदेस ससस्त्र प्रहरी गण कोहलपुर बाँकेका प्रमुख प्रहरी उपरीक्षक राम प्रकाश शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रहरी महानिरीक्षकबाट प्रहरी दिवसको अवसरमा प्राप्त शुभकामना सन्देश जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक सुवास खड्काले वाचन गरेका थिए ।

कार्यक्रममा पुर्व प्रहरी कर्मचारीको तर्फबाट पुर्व प्रहरी नायव उपरीक्षक जोति प्रसाद श्रेष्ठ, अमर प्रहरी परिवारको तर्फबाट श्रीमती एकमाया बिश्वकार्मा, अशक्त अवकास प्रहरीको तर्फबाट अध्यक्ष शेर बहादुर बस्नेत तथा पत्रकार महासंघ जिल्ला शाखा बाँकेका उपाध्यक्ष रुपा गहतराज लगायतले सुभकामना मन्तब्य ब्यक्त गरेका थिए । प्रमुख अतिथि कुरुम्वाङले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका थिए । कार्यक्रममा बैदिक मन्त्र सहित बटुकहरुले स्वस्ति बाचन गरेका थिए । उपस्थित सम्पुर्णले अमर प्रहरी स्मारकमा माल्यार्पण गरेका थिए ।


कार्यक्रममा उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईका प्रहरी कर्माचरीहरुलाई तिन पुस्तेमा जनिने गरी परस्कृत गरिएको थियो । प्रहरी कार्यमा सहयोग गर्ने र जग्गादाताहरुलाई प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकबाट प्राप्त कदर पत्र प्रदान गरिएको तथा अमर प्रहरी परिवारजनलाई प्रजिअ कुरुम्वाङले दोसल्ला ओढाईे सम्मान गरेका थिए । साथै ६५ औं प्रहरी दिवस २०७७ को अवसरमा बिभिन्न बिधामा संचालन गरिएको ब्याडमिन्टन, टेबल टेनिस, ३२०० मिटर दौड, कुर्सि दौड प्रतियोगिता संचालन गरिएकोमा खेलकुदमा प्रथम, द्वितीय, तृतीय हुनेलाई प्रमाण पत्र र मेडल प्रदान गरीएको थियो ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको समापन गर्दै एसपी रानाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्दै नेपाल प्रहरी बिर तथा अमर प्रहरीले देखाएको मार्गमा सधै अडिक भएर लाग्ने र जनअपेक्षा पुरा गर्नका लागी जस्तो सुकै कठोर निर्णय लिन पनि तयार रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *