राप्रपा नुवाकोटमा एकीकरण

कोहलपुर, असोज ३०,

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीवीच नुवाकोटमा एकता भएको छ ।

समायोजन पश्चात नयां कार्यसमित गठन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अध्यक्षमा यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (संंयुक्त)का अध्यक्ष रहेका कुलवहादुर खड्गी चयन भएका छन् । विदुरमा आयोजित एकता कार्यक्रममा खड्गीलाई सर्वसम्मत रुपमा चयन गरिएको हो ।

दुई पार्टी समायोजन गरि गठन गरिएको जिल्ला कार्य समितिको वरिष्ठ उपाध्यक्षमा ३ जना चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा जयबहादुर तामाङ, शिव अधिकारी र नारायण अधिकारी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *