स्वस्थ युवाले २०२२ सम्म कोरोना भाइरस (कोभिड(१९)को खोप नपाउन सक्ने

कोहलपुर, असोज ३०,

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लेस्वस्थ युवाले सन् २०२२ सम्म कोरोना भाइरस (कोभिड(१९)को खोप नपाउन सक्ने बताएको छ ।

डब्ल्यूएचओको ध्यान खोप उपलब्ध भएसँगै सबैभन्दा पहिला वृद्ध र जोखिमपूर्ण समुहको सूचीमा रहेका मानिसमा केन्द्रित रहेकाले स्वस्थ युवाले छिटो कोरोनाविरुद्धको खोप नपाउन सक्ने डब्ल्यूएचओका प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले बताए । उनका अनुसार खोप आएपछि सबैभन्दा पहिला स्वास्थ्यकर्मी, अग्रभागमा खटिने कर्मचारी र वृद्धबृद्धाहरुले यो खोप पाउने छन् ।

यद्यपि कसलाई प्राथमिकतामा राख्ने भन्ने विषयमा अझै पनि छलफल भइरहेको उहाँको भनाइ छ । स्वामीनाथनले सन् २०२१ मा कम्तीमा एउटा सुरक्षित र प्रभावकारी खोप आउन सक्ने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *