पहिराको उच्च जोखिममा सर्वसाधारण

कोहलपुर, असोज २९,

नुवाकोटको पुर्वी भेगमा रहेको कविलासका सर्वसाधारण पहिराको उच्च जोखिममा रहेका छन् ।

पञ्चकन्या गाउँपालिकाका २ कबिलासमा घर पहिराको उच्च जोखिममा परेपछि पीडितले स्थानीय सरकार गुहारेका छन् ।गत महिनाको अविरल वर्षात्का कारण जमिन भासिएपछि ४ घर जोखिममा परेका छन् । बासस्थान भत्किन लागेपछि पीडित सष्ठीलाल श्रेष्ठ, रामकुमार श्रेष्ठ, कुमार श्रेष्ठ र दीपेन्द्र श्रेष्ठले स्थानीय सरकार र प्रहरी प्रशासनलाई गुहारेका हुन ।

पीडितहरुले पहिरो नियन्त्रण र सुरक्षित ठाउँमा घर स्थानान्तरण गरीको पुनर्निर्माण व्यवस्था गरिदिन पञ्चकन्या गाउँपालिकालाई अनुरोध गरेका छन् । यस्तै स्थलगत निरीक्षण गरी मुचुल्का तयार गर्न समेत इलाका प्रहरी कार्यालय लाकुरीभन्ज्याङमा समेत निवेदन दिएको पीडित रामकुमार श्रेष्ठले जानकारी गराएका छन् । उनीहरुले सुरक्षित रुपमा वस्न पाउनु पर्ने माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *