धनकुटामा एवोकाडोको ब्यवसायिक खेती सुरु

कोहलपुर, असोज २९,

एवोकाडोको राजधानीको रुपमा मानिने धनकुटामा एवोकाडोको ब्यवसायिक खेती सुरु भएको छ ।

करेसाबारीमा सौखका लागि एक ÷ दुई बोट रोपेका किसानहरुले पनि अहिले व्यवसायिक खेती गरेका छन् । नेपालीमा घिउ फल भनेर चिनिने एभोकाडो २०२८ सालमा सम्भाव्यता अध्ययनको क्रममा ब्रिटिसहरूले धनकुटामा भित्¥याएको मानिन्छ । धनकुटाको पाख्रीबासमा, कृषि अनुसन्धान केन्द्र खोल्नुभन्दा अघि नै यसको संभाव्यता खोजिएको थियो ।

संस्थागत रूपमा धनकुटा नगरपालिकाले २०७५ असारमा नगरलाई एभोकाडोको राजधानी घोषणा गरसंगै किसानहरु व्यावसायिक खेतीमा आकर्षित भएका छन् । अहिले धनकुटा नगरभित्रका किसानहरु एभोकाडो खेतीमा लागेका छन् । नगरपालिकाले किसानलाइ यसमा आकर्षण गर्न र बगैचा बिस्तारको लागि अनुदानमा बिरुवा पनि वितरण गरिरहेको नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले बताउनुभयो । समुद्री सतहको ५ सय देखि १७ सय मिटर उचाइको हावापानीमा यसको व्यावसायिक खेती गर्न सकिन्छ । यसले रोपेको ४ देखि ६ बर्षभित्रै उत्पादन दिन सुरु गर्छ भने एउटा बोटले ५० बर्ष सम्म फल दिन्छ । राम्रोसंग हेरचाह गरेमा एउटा बोटबाट एकै सिजनमा १ हजार किलो सम्म उत्पादन लिन सकिन्छ ।

त्यसैले यसको व्यवसायिक संभावना राम्रो रहेको कृर्षि अभियान्त जिवन राई बताउँनुहुन्छ । प्रसस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने यो फलको माग धेरै भएकाले किसानहरु यता तर्फ आकर्षित भएका हुन् । यसबारेमा आफुहरुलाइ चाहिने प्राबिधिक ज्ञानको भने अझै कमि रहेको किसानहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *