कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या २ लाख २१ हजार नाघ्यो

कोहलपुर, असोज २९,

अमेरिकामा कोरोना भाइरस कोभिड १९ का कारण मृत्यु हुनेको सङ्ख्या २ लाख २१ ह्जार ८ सय ४३ पुगेको छ ।

अमेरिका विश्वमा नै सबैभन्दा धेरै प्रभावित देश हो । अमेरिकामा मात्रै हाल सम्म ८१ लख ५० हजार मानिसमा कोरोनाको सङ्क्रमण देखिएको छ । अमेरिकामा हाल सम्म ५२ लाख ७८ हजार ७ सय ५३ जना मानिसहरु भने उपचार पछि स्वस्थ भएका छन् । अमेरिकामा अहिले २६ लाख ४९ हजार ४ सय ४७ सक्रिय सङ्क्रमित रहेका छन् , त्यसमध्ये १५ हजार २ सय १९ जना भने गम्भिर रहेका कोरोना भाइरस सम्बन्धि तथ्याङ्क अपडेट गरिरहेको वल्ड मिटरले जनाएको छ ।

यता भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७३ लाख ५० हजार नाघेको छ । भारतमा हाल सम्म कोरोनाका कारण १ लाख ११हजार ३ सय ११ जनाको मृत्यु भएको छ । ६३ लाख ८० हजार मानिसहरु भने उपचारपछि स्वस्थ भएका छन् । भारतमा पछिल्लो दिनहरुमा कोरोना सङ्क्रमित केही घटेको देखिएपछि परिक्षण पनि कम भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *