सोलुखुम्बुको गार्मा मा.विले सेनेटरी प्याड उत्पादन गर्न थाल्यो

कोहलपुर, असोज २९,

सोलुखुम्बुको गार्मा माध्यमिक विद्यालय आफैले घरेलु सेनिटरी प्याड उत्पादन गर्न सुरु गरेको छ ।

बजारमा पाईने तयारी प्याड भन्दा घरेलु सेनेटरी प्याड हरेक हिसाबले प्रभावकारी भएको भन्दै विद्यालयले वाताबरणमैत्री, स्वास्थ्यमैत्री तथा कम खर्चिलो पुन प्रयोग गर्न मिल्ने प्याड उत्पादन गर्न सुरु गरेको हो । सोलुदुधकुण्ड नगरपालिका ७ स्थित विद्यालयले स्थानीय स्तरमै उपलब्ध कच्चा पर्दाथबाट निर्मित प्याड उत्पादन गरि करिब तिन सय छात्राहरुलाई वितरण गरिसकेको छ ।

सहयोगी संस्था हिमालयन क्यिर फाउन्डेसनको ब्यवस्थापनमा विद्यालयले गत बर्षको हिउँदे विदामा एक जना शिक्षिका र दुई जना छात्रालाई काठमाण्डौ पठाएको थियो । उनीहरुले तालिम सिकेर फर्किएपछि विद्यालय आफैले सुति र फलाटिनको कपडा प्रयोग गरि तयार पारिएकोे विद्यालयका प्रधानाध्यापक विनोदसिङ् तामाङले बताए । बजारमा पाईने प्याड नकुहिने र नजल्ने भएकाले बातावरण मैत्री प्याड उत्पादन सुरु गरेको विद्यालयले जनाएको छ । खर्चको हिसाबले समेत बचत हुने घरेलु सेनेटरी प्याड स्वास्थ्यको दृष्टिकोणले समेत त्यत्तिकै प्रभावकारी मानिने स्वास्थ्कर्मी विनु मोक्तानको भनाई छ ।

घरेलु प्याडलाई धोएर करिब २ बर्ष सम्म प्रयोग गर्न मिल्ने भएकाले पनि बातावरण प्रदुषण नियन्त्रणमा प्रभावकारी सावित हुने विद्यालयको विश्वास छ । विद्यार्थीसँग भनेको समयमा प्याड किन्ने पैसा समेत नहुने भएकाले पुन प्रयोग गनर्न मिल्ने प्याड सहज हुने विद्यालयकी छात्रा प्रमिला प्रधानको भनाई छ । नगरपालिकाले फोहोर ब्यवस्थापनका निम्ति घरेलु सेनेटरी प्याड प्रयोगलाई जोड दिदै नगरका केहि विद्यालयहरुमा वितरण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *