विश्वकर्मा र परियारको आवाजमा रहेको ‘साईत’ बजारमा

कोहलपुर, असोज २८,

नेपाल लोक स्टार शनि विश्वकर्मा र शान्ती रानी परियारको सुमधुर आवाज ‘साईत’ रहेको नयाँ गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ ।

विश्वकर्मा र परियारको आवाजमा रहेको उक्त गीत तथा म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको हो । चर्चित लय संकलक अमित बाबु रोकायको लय तथा मञ्जित पहाडीको शव्द सृजनामा साईत गीत बजारमा ल्याईएको हो ।

लय संकलक अमित बाबु रोकायाले साईत गीतले लाखौं नेपाली दाजुभाई तथा दिदिबहिनीको पीडालाई समेत वास्तविक रुपमा चित्रण गरेकोले यो गीत मौलिकतामा आधारित रहेको जानकारी गराए । प्रदेशी भूमीमा पीडा सहेर बस्नुपर्दाको अवस्थालाई गीतमा प्रस्तुत गरिएको छ । दशैं तथा तिहार जस्ता ठूला चाडपर्वलाई समेत लक्षित गरिएको साईत गीतका मर्मस्पर्शी शव्दहरु घरपविारको सम्झनामा केन्द्रित छन् ।

प्रदेशको त्यो बिरानो भूमीबाट जन्मभूमी आउने मन हुँदाहुँदै पनि थुप्रै बाध्यताले प्रदेशमै पीडा सहेर बस्नुपरेको यथार्थ शव्द साईत गीतमा रहेका छन् । हिम सम्झौता डिजिटलबाट बजारमा आएको साईत गीतमा धुब्र हिमाली र सुनिता भण्डारीको लगायतको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *