खाद्य ऐन विपरित काम गर्ने १४ उद्योग विरुद्ध मुद्दा दायर

कोहलपुर, असोज २८,

खाद्य ऐन विपरित काम गर्ने १४ उद्योग विरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मुद्दा दायर गरेको छ ।

उपभोक्ताको गुनासो तत्कालै सुन्न, चाडपर्वलक्षित अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्य प्रतिकुल हुनेगरी खाद्य वस्तु उत्पादन गर्ने उद्योगहरुलाई कारबाही थालिएको विभागले जनाएको छ ।खाद्य ऐन विपरीत सञ्चालनमा रहेका दुई उद्योगको उत्पादन रोक्का गरिएको र १४ उद्योगविरुद्ध भने मुद्दा चलाइएको विभागका सहप्रवक्ता सन्तोष दाहालले जानकारी दिए ।

यस्तै अनुमति नलिई सञ्चालनमा ल्याइएको एक पानी उद्योग पनि सिल गरिएको उहाँले बताउनुभयो । ठूला चाडपर्वमा हुने भिडभाडमा उपभोक्ता नठगिउन भनेर विभागले खाद्य पदार्थको अनुगमनलाई तीब्रता दिएको पनि विभागले जनाएको छ । विभाग र मातहतका देशभरका कार्यालयहरुबाट तीन सय ९८ स्थानका होटल, खाद्य उद्योग, दाना उद्योग खाद्य पसलमा अनुगमन भएकोमा खाद्य पदार्थ तथा दाना उद्योगको २७८ र खाद्य स्वच्छता सम्बन्धी १सय५५ गरी ४ सय ३३ नमूना संकलन भएको विभागले जनाएको छ ।

प्राप्त नमूनाहरुको आधारमा परीक्षण गर्दा १४ वटा नमूनामा गुणस्तर कम पाइए पछि कारावाही गरिएको पनि विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *