मनाइयो स्व.राजा वीरेन्द्रको ७३औं जन्मजयन्ती

१४ पौष, २०७४
काठमाडौं : स्व.राजा वीरेन्द्र शाहको ७३औं जन्मजयन्ती शुक्रबार मनाइएको छ ।

सो अवसरमा राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा रहेका उनका शालिकहरुमा माल्यार्पण गरिनुका साथै देशमा उनको योगदानको चर्चासमेत गरिएको छ ।

यसैबिच योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषदले जावलाखेलमा रहेको राजा वीरेन्द्रको शालिकमा माल्यार्पण गरेर उनको जन्मजयन्ती मनाएको हो ।

वि.सं. २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारभित्रै हत्या गरिएको थियो ।

उक्त हत्याकान्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुति पनि मारिएका थिए ।

स्व.राजा वीरेन्द्र विकास र जनप्रेमी राजाका रुपमा चिनिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *