कोहलपुर नगरपालिका सहित सबै वडा कार्यालयहरु ९ दिनसम्मका लागि बन्द

कोहलपुर, असोज २९,

कोहलपुर नगरपालिका कार्तिक ६ गतेसम्मका लागि बन्द गरिने भएको छ ।

कोरोना भाईरस नगरपालिकामा तिव्र रुपमा फैलिरहेको र तथा पालिकाका केही कर्मचारीलाई संक्रमण भएको भन्दै कार्तिक ७ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेक नगरपालिका बन्द गरिने भएको छ । बुधबार नगर प्रमुख लूट बहादुर रावतको संयोजकत्वमा आकस्मिक बैठक बसि नगरपालिका तथा नगरपालिका मातहतका सबै पालिका बन्द गर्ने निर्णय गरिएको हो ।

नगरपालिकाका कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यलाई मध्य नजर गर्दै संक्रमण फैलिन नदिनका लागि बुधबार असोज २८ देखि कार्तिक ६ गतेसम्मका लागि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको नगरपालिकाले सूचना प्रकाशित गर्दै जानकारी दिएको छ । करिब ९ दिनसम्म नगरकार्यपालिकाको कार्यालय, १५ वटै वडा कार्यालय र विषयगत शाखा कार्यालयहरु बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपालीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *