अपराधिक घटना भएमा हामीलाई खबर गर्नुहोस्, तत्काल घटना स्थलमा पुग्नेछौं–एसपी राना

बिधुत्मा रैका,
कोहलपुर, असोज २८,

जिल्ला प्रहरी कार्यालय बाँकेले मोटर साईकल गस्ती सुरु गरेको छ ।

चाड पर्वलाई लक्षित गर्दै बाँके प्रहरीले केही दिन अगाडी विषेश सुरक्षा योजना सार्वजनिक गरेको थियो सोही अन्तरगत बाँके प्रहरीले नेपालगञ्जमा प्रहरीको ‘क्विक रिस्पोन्स टिम’ परिचालन गर्दै मोटर साईकल गस्ती सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

चाडपर्वको समयमा जिल्लामा हुन सक्ने सम्भावित अपराधका घटना, लुटपाट, चोरी, डकैती, तथा दुर्घटनाबाट सर्वसाधारणलाई सुरक्षा प्रदान गर्नका लागि पर्व विशेष सुरक्षा योजना ल्याएको एसपी ओम बहादुर रानाले बताएका छन् । जिल्ला प्रहरी अन्तरगत १६ तथा जिल्ला मातहतका ३० वटा मोटरसाईकल मार्फत ‘क्यूआरटी’ क्विक रिस्पोन्स टिम परिचालन गरेको एसपी रानाले बताए ।

कुनै पनि घटना घट्ना साथ घटनाको जानकारी पाउने बित्तिकै तत्काल घटना स्थलमा पुगि पीडितको उद्दार तथा अपराधी पक्राउ गरि कानुनी कार्वाही गर्ने उद्देश्यका साथ क्विक रिस्पोन्स टिम परिचालन गरिएको रानाले बताए । एसपी रानाले चाडपर्वको समयमा जनताको आवश्यक सुरक्षा व्यवस्थाको लागि क्विक रिस्पोन्स टिम २४ घण्टा तयारी अवस्थामा रहेको जानकारी दिए । उनले भने,–‘घटना स्थलमा पुग्न सहज हुने भएको कारण मोटरसाईकलमा क्यूआरटी परिचालन गरिएको हो । कुनै पनि घटना भएमा हामीलाई खबर गर्नुहोस् हामी तत्काल घटना स्थलमा पुग्नेछौं ।’

एसपी रानाले नेपालगञ्जको धम्बोझी चोकबाट सोमबार साँझ औपचारिक रुपमा क्यूआरटी क्विक रिस्पोन्स टिमलाई परिचालन गरेका हुन् । उनले नेपालगञ्जमा १६ वटा र जिल्ला भरी ३० वटा मोटरसाईकलमा क्विक रिस्पोन्स टिम परिचालन हुने बताए । उनले पर्वको बेलामा विषेश सुरक्षा रणनीति अपनाउनको लागि क्विक रिस्पोन्स टिमलाई परिचालन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *