बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था

कोहलपुर, असोज २७,

बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गर्न लागिएको छ ।

प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा हिजो बसेको मन्त्रीपरिषद्को बैठकले बलात्कारीलाई मृत्युदण्ड दिने प्रस्ताव पारित गरेको हो । धेरैतिरबाट सुझाव, माग र दवाव आएकाले यस्तो व्यवस्थाका लागि प्रस्ताव तयार पारेको कानुनमन्त्री अनिसुल हकले जानकारी दिए । उनले अत्यधिक धेरै दण्ड दिनुपर्ने अवस्थामा मात्रै मृत्यु दण्डसम्मको व्यवस्था गरिएको बताउँदै सबैलाई त्यस्तो सजाय हुने अनिवार्य भने नगरिएको स्पष्ट पारे ।

बलात्कारका घटना निरन्तर भइरहेकाले बंगलादेशमा विद्यमान कानुन तत्काल संशोधन गरेर मृत्युदण्डको व्यवस्था गर्न आवाज उठिरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *