बाजुराको बवाडी नदिमा वेपत्ता पाँच जना मध्ये दुई जनाको शव भेटियो

कोहलपुर, असोज २६,

बाजुराको हिमाली गाउँपालिकाको कवाडी नदिमा वेपत्ता भएका पाँच जनामध्ये दुई जनाको शव भेटिएको छ ।

गत १६ गते कवाडी नदिमा वेपत्ता भएका एकै परीवारका पाँच जना मध्ये दुई जनाको शव भेटिएको धुलाचौर प्रहरी चौकीका ईन्चार्ज दिपबहादुर रावलले जानकारी दिए । उनका अनुसार ३० वर्षिया आमा र ८ वर्षिया जेठी छोरीको शव शनिबार र आइतबार छुट्टाछुट्टै स्थानमा भेटिएको हो । हिमालीकोे तिथिचौरको तलपट्टिी कर्णालीको तिरमा आमाको शव भेटिएको छ भने बालिकाकोको शव पीलुचौरको कर्णाली नदिमा भेटिएको कुन्ना प्रहरी चौकीका ईन्र्चाज कमलसिंह भण्डारीले बताए ।

वेपत्ता भएका अन्य तीन जनाको खोजीकार्य जारी रहेको पनि उनले बताए । स्थानीयले जाल खेल्ने क्रममा शव फेला पर्दा प्रहरीलाई खवर गरेका थिए । गत १६ गते आमा सत्ता नेपाली सहित उहाँका चार छोरा छोरी कवाडी नदिमा वेपत्ता भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *