जिल्ला प्रशासन कार्यालय दाङ पाँच दिन बन्द हुने

कोहलपुर, असोज २६,

कार्यालयका एक जना कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय पाँच दिनका लागि बन्द भएको छ ।

कार्यालय सहयोगी एक महिलालाई कोरोना सङ्क्रमण भएपछि ५ दिनका लागि मुद्दा र शान्ति सुरक्षा बाहेकका अन्य सेवाहरू बन्द गरिएको प्रशासनले जनाएको छ । अब ३० गते प्रशासन खुल्ने छ ।अन्य केही कर्मचारीको पनि स्वाब परिक्षणका लागि पठाइएको कार्यालयले जनाएको छ ।

यस अघि पनि जिल्ला प्रशासनमा रहेको आपत्कालिन कार्य सञ्चालन केन्द्रका एक जना अधिकृतमा कोरोना देखिएपछि कार्यालय शिल अर्थात् पूर्ण बन्द गरिएको थियो । यसैबीच, घोराही उपमहानगरपालिकाले कोरोना सङ्क्रमणको दर बढेको भन्दै सामुदायिक र संस्थागत विद्यालय २० दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको हिजो बसेको बैठकले नगरभित्र दैनिक कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै कार्तिक १५ गते सम्मका लागि सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

घोराही उपमहानगरपालिकाले असोज १ गतेदेखि अस्थायी सिकाई केन्द्रकारुपमा सबै विद्यालयहरुमा सिकाई सहजिकरण क्रियाकलापसञ्चालन गर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *