मौसम बदली भई केही ठाउँमा पानी पर्ने
कोहलपुर, असोज २६,
सोमबार मौसम बदली भई केही ठाउँमा पानी पर्ने भएको छ ।
पूर्व र मध्य क्षेत्रका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेशका पहाडी केही जिल्लामा हल्का पानी पर्ने अनुमान गरिएको छ ।
मौसमविद् विभूति पोखरेलले देशका बाँकी भू–भागमा भने सामान्यता मौसम सफा रहनेछ । भोलि र पर्सिको मौसम पनि सामान्यतया सफा नै रहनेछ । केही दिनयता मनसुन खासै सक्रिय छैन । चिसो बढ्न थालेको छ । र केही दिनयता न्यूनतम तापक्रम घट्दै जाने विभागले जनाएको छ ।