विमानस्थलमा हुने भिडभाड कम गर्न नयाँ नियम

कोहलपुर, असोज २६,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अब एक जना यात्रुका लागि एक जना मात्र आफन्तले प्रवेश पाउने भएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयले हिजो सूचना प्रकाशित गर्दै काठमाडौं उपत्यकामा बढ्दो कोरोना सङ्क्रमणका बीच विमानस्थलमा हुने भिडभाड कम गर्ने यस्तो नियम ल्याएको जनाएको छ । अब विमानस्थलको गेटबाटै सुरक्षाकर्मीले एक जनालाई मात्र प्रवेश दिनेछन् ।

विमानस्थलले सकेसम्म आफन्त नलिई विमानस्थलमा आउन भन्दै आफन्तजन वृद्धवृद्धा भएमा, अशक्त भएको अवस्थामा लिन वा पु¥याउन आउनु नै पर्ने भएमा एक जनालाई मात्र प्रवेश दिइने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *