कोहलपुरमा आधुनिक बसपार्क निर्माणको लागि ऋण सम्झौता

कोहलपुर, असोज २५,

बाँकेको कोहलपुरमा आधुनिक बसपार्क निर्माणको लागि ऋण सम्झौता भएको छ ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख लूट बहादुर रावतको लामो प्रयास पछि नगर बिकास कोष र कोहलपुर नगरपालिका बिच ऋण सम्झौता भहो । करिब ४७ करोड लागतमा बन्ने बस पार्क तत्काल निर्माणको प्रक्रियाको थालनी हुने पक्का भएको छ ।

कोहलपुर नगरपालिकाका रावत र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले दुई पक्षिय ऋण सम्झौतामा हस्ताक्षर गरेका छन । २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी नरगपालिका र नगर विकास कोषबिच ऋण सम्झौता भएको कोहलपुर नगरपालिकाले जनाएको छ । नगर विकास कोषले कोहलपुर नगरपालिकालाई २७ करोड ९९ लाख १८ हजार ऋण उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

कोहलपुरमा नगरपालिकाको १८,६६,१२,००० र नगर विकास कोषको २७,९९,१८,००० लागतमा अत्याधुनिक बसपार्क निर्माणको तयारी गरिएको छ । नयाँ बन्ने बसपार्क बालमैत्री, सूचनामैत्री, प्रविधिमैत्री, खानेपानी, ढल निकास, भूमिगत बिद्युतीकरण, रिफ्रेसमेन्ट सेन्टर र सपिङ कम्प्लेक्स सुविधा सहितको हुने नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *