चाडपर्व मनाउदा साबधानी अपनाउन सरकारको आग्रह

कोहलपुर, असोज २५,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस कोभिड १९ को महामारी झन् बढ्दै गएकाले चाडपर्वको समयमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

धार्मिक कार्यक्रममा सहभगी हुँदा बढीमा २५ जना मात्रै भेला हुन पाउने गरि स्वास्थ्य मन्त्रालयले यसअघि नै मापदण्ड जारी गरिसेकोका छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनावश्यक रुपमा भेटघाट र भिडभाड नगर्न, टाढैबाट कुराकानी गर्न, मास्क अनिवार्य रुपमा लगाउन, हात मिलाउने वा अंकमाल गर्ने काम नगर्न आग्रह गरे । देवी देवताका मुर्ति र धेरै व्यक्तिले प्रयोग गर्ने सामाग्री नछुन पनि मन्त्रालयको सुझाव छ ।

पैसाको कारोबार विद्युतीय माध्यमबाट गर्न पनि मन्त्रालयले भनेको छ । पछिल्लो २४ घन्टामा नेपालमा अहिले सम्मकै धेरै ५ हजार ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । पछिल्लो अब देशभरि सक्रिय सङ्क्रमितको संख्या ३० हजार १ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *