कोरोनाबाट थप दुई जनाको ज्यान गयो

कोहलपुर, असोज २४,

थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

शुक्रबार राती बाँकेमा अस्पतालमा उपचाररत दुईजना मृत्यु भएको हो । दाङको घोराही उपमहानगरपालिका वडा नंं ३ बर्षका किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ बर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ बर्षका किशोरको उपचारका क्रममा गएराति मृत्यु भएको हो । निमोनियाबाट ग्रसितको अवस्था उहाँको उपचार भइरहेको थियो । यसैगरी कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारकै क्रममा गएराति ११ बजे मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि गत असोज १३ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो ।

शिक्षण अस्पतालले गएराति करिब १० बजे भेरी अस्पतालमा पठाएको थियो । अस्पताल पुगेको एक घण्टामै उपचारको क्रममा मृत्यु भएको हो । कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय नाघेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *