तुलसीपुरका मेयरसहित २१ जनामा कोरोना पुष्टि

कोहलपुर, असोज २३,

दाङको तुलसीपुर उपमहागनरपालिकाका मेयर घनश्याम पाण्डेसहित हिजो २१ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

मेयर पाण्डे कोरोना सङ्क्रमन पुष्टि हुनुभन्दा पहिले ४ दिन अगाडिदेखि नै आशंका लागेर होम आइसोलेनसमा बस्दै आएका छन् । उनलाई सङ्क्रमण पुष्टि भएपछि कार्यबहाक मेयर माया आचार्यको अध्यक्षतमा बिहीवार बसेको आकस्मिक बैठकले असोज २९ गतेसम्मको लागि उपमहानगरपालिका बन्द गर्ने निर्णय गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका र सबै १९ वटै वडा २९ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको मेयरका प्रेस संयोजक वसन्त आचार्यले जानकारी दिए । मेयरसँगै उहाँका सचिवायलका एक कर्मचारीलाई पनि हिजो कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार विहीवार हिजो तुलसीपुरमा २१ जनामा सङ्क्रमण पुष्टि भएको छ । केसीका अनुसार तुलसीपुरमा हालसम्म सङ्क्रमितको संख्या २ सय ८८ पुगेको छ ।

त्यसमध्य विहीवारसम्म सक्रिय सङ्क्रमितको संख्या ८० पुगेको उहाँले बताए । त्यो बाहेक अन्य सबै निको भएर घर फर्किसकेका छन् । तुलसीपुरमा हालसम्म एकजनामा मृत्युपछि कोरोना पुष्टि भएको छ । दाङमा विहीवारसम्म कुल सङ्क्रमितको संख्या १ हजार ३ सय २४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *