सहकारी क्षेत्र सुधारका लागि २५ वर्षे रणनीति तयार

कोहलपुर, असोज २२,

राष्ट्रिय सहकारी विकास बोर्डले सहकारी क्षेत्र सुधारका लागि २५ वर्षे रणनीति तयार पारेको छ ।

रणनीति तयार पार्न गठित समितिको तर्फबाट बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले २५ वर्षे रणानीति भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललाई हस्तान्तरण गर्नुभएको छ । राष्ट्रिय योजना आयोगको पन्ध्रौं योजना (आधारपत्र) मा उल्लेख गरे बमोजिम आगामी २० वर्षमा देशको आर्थिक वृद्धि स्थिर मूल्यमा १० दशमलव ५ प्रतिशतले रहने मान्यताको आधारमा रणानीति तयार पारिएको सह–अध्यक्ष पौडेलले बताए ।

सहकारी क्षेत्रले आउँदो ५, १०, १५, २० र २५ वर्षमा प्राप्त गर्न सक्ने उपलब्धि र त्यसबाट नेपालको अर्थतन्त्रका विविध क्षेत्रमा हुने योगदानलाई वस्तुपरक रूपमा प्रक्षेपण गर्ने प्रयत्न पनि गरिएको उहाँले बताउनुभयो । हाल मुलुकको कुल गार्हस्थ उत्पादनमा सहकारी क्षेत्रको योगदान ३ प्रतिशत रहेको छ । यसलाई बढाएर आगामी २५ वर्षमा १५ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *