खतिवडासहित तीन जना प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

कोहलपुर, असोज २२,

सङ्घीय संसदको संसदीय सुनुवाइ समितिले डा युवराज खतिवडासहित तीन जना प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ ।

सुनुवाइ समितिको बैठकले तीनै जनाविरुद्ध उजुरी दिन १० दिनको समय दिएर सूचना प्रकाशित गर्दै कात्तिक ३ गतेसम्म उजुरी दिन सकिने समिति सचिवालयले जनाएको छ । सूचनामा सिफारिस गरिएका व्यक्तिलाई राजदूत नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आाधार एवं प्रमाणसहित उजुरी दिन भनिएको छ । उजुरीकर्ताको परिचय गोप्य राखिने पनि समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *