कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका किसानको गणना गर्ने

कोहलपुर, असोज २२,

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका किसानको गणना गर्ने भएको छ ।

७ सय ५३ वटै स्थानीय तहमार्फत किसानहरुले उत्पादन गर्ने मुख्य बाली, रासायनिक मलको प्रयोग, कृषि ऋण तथा कृषि अनुदान पाए नपाएको अवस्थाबारे विवरण संकलन गरिने मन्त्रालयले जनाएको छ । सरकारले राष्ट्रिय जनगणना गर्न लागेको बेला कृषि मन्त्रालयले कृषकको सर्वेक्षणबाट किसानका वास्तविक समस्याहरुको पहिचान गर्न खोजिएको पनि बताएको छ ।

सर्वेक्षण योजना कार्यान्वयनका लागि स्थानीय तहहरुलाई बजेट र सर्वेक्षणसम्बन्धी कार्यक्रम पठाइसकेको र केही दिनमै देशैभरि अभियानको घोषणा हुने मन्त्रालयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *