दुईथान कटुवा पेस्तोल र ५ राउण्ड गोली सहित दुईजना पक्राउ

कोहलपुर, असोज २१,

बाँकेको नरैनापुर गाउँपालिका ५ सर्वराजपुरुवाबाट दुईथान कटुवा पेस्तोल र ५ राउण्ड गोली सहित दुईजनालाई पक्राउ गरेको छ ।

नेपालगन्ज उहानरपालिका वडा नं २० मनिकापुर बस्ने बर्ष ६२ का सलिम नाँउ र अर्का वडा नंं. १९ बसुदेबपुर बस्ने बर्ष ३३ का ईब्राहिम बेहनालाई नरैनापुर गाउँपालिका ५ सर्वराजपुरुवा भन्ने ठाउँबाट पक्राउ गरिएको हो । उनीहरुलाई बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।

हातहतियारको ओसारपसार भईरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रनि बसन्त गौतमको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरुको साथबाट कटुवा पेस्तोल २ र सलिम नाँउले लगाएको स्टकोटको वाँया खल्तीमा रहेको कटवा पेस्तोमा लाग्ने गोली ५ राउण्ड बरामद गरिएको एसपि ओम बहादुर रानाले बताए ।

उनीहरुलाई मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १३२ बमोजिम मुद्धा चलाइएको छ । ५ बर्ष सम्म कैद र ५० हजार रुपैया सम्म जरिवाना हुन सक्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *