मारिएको चित्तल सहित २ जना पक्राउ

कोहलपुर, असोज २१,

मारिएको चित्तलसहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का २३ वर्षीय सामेल रोका र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ निवासी २८ वर्षीय अन्जन हमाललाई रंगेहात पक्राउ गरेको हो । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरबाट नेपालगन्जतर्फ बोरामा राखेर ल्याउँदै गरेको अवस्थामा डुडुवा गाउँपालिका वडा नम्बर ४ राप्तीनदी पुलबाट पक्राउ गरेको एसपि ओम बहादुर रानाले बताए ।

जंगली जनावर (चित्तल) मारेको भन्ने गोप्य सूचनाको आधारमा जिप्रका र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । चित्तल मारेर ल्याउनको लागि भे ८ प ५४६५ नम्बरको मोटरसाईकलको प्रयोग गरिएको थियो । पोथी जातको उक्त चित्तलको तौल करिव २५र२६ किलो रहेको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको एसपी रानाले बताए ।

अभियुक्तलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिमको सजाय हुने प्रहरीले जनाएको छ। उक्त ऐन अनुसार १० लाखसम्म जरिवाना र ५ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने ब्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *