बाँके प्रहरीद्धारा अपहरित किशारीको सकुशल उद्धार

कोहलपुर, असोज २१,

किशोरी अपहरणमा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेले दुई जनालाई पक्राउ गरेको छ ।

बर्दियाकी १७ बर्षिया किशोरीलाई ललाईफकाई गरि भारतको उत्तरप्रदेश राज्यको गौतम बुद्ध नगर थाना बदालपुर दुजाना भन्ने स्थानमा बन्धक बनाई राखेको अवस्थामा किशोरी सहित उनीहरुलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका ७ का २१ बर्षिय मुकेश यादव र ५५ बर्षिय हरिराम अहिर रहेका छन् ।

उनीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । किशोरीलाई उद्धार गरि ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमवहादुर रानाले जानकारी दिए । साउन २ गते घरमा किशोरी एक्लै भएको र घर परिवारकाका सदस्यहरु रोपाई गर्न खेतमा गएको मौका छोपी पीडित किशोरीलाई डरत्राष देखाई अपहरण गरि भारत पु¥याइएको अनुसन्धान मार्फत खुलेको छ ।

प्रहरीले भारतीय पक्षसँग समन्वय गरि अपहरणमुक्त गराएको हो । घटनामा संलग्न बढैयाताल ७ कै ३५ बर्षिय अगलेश यादव फरार रहेको बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *