सरकारले आन्तरिक पर्यटन मार्फत पर्यटकिय गतिविधी बढाउने

कोहलपुर, असोज २१,

सरकारले आन्तरिक पर्यटन मार्फत पर्यटकिय गतिविधी बढाउने तयारी थालेको छ ।

त्यसका लागि देश दर्शन योजना देखि हप्तामा दुई दिन विदा दिने सम्मको योजना बनेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईका अनुसार सरकारी कर्मचारीलाई घुम्न प्रेरित गर्ने लक्ष्यका साथ काम थालिएको छ ।

उच्च वर्ग र मध्यम वर्गलाई घुम्न पे्ररित गर्ने र उनिहरुले गर्ने खर्चले निम्न वर्गलाई रोजगारीको अवसर सिर्जना गर्ने गरी मन्त्रालयले काम थालेको छ । कोरोना महामारीको बीचमा पनि स्वास्थ्य मापदण्ड पूरा गर्दै पर्यटकिय गतिविधी सुरु गर्नैकै लागि होटल व्यवसाय खोलिएको, आन्तरिक हवाई सेवा सुरु गरिएको र अब हिमाल आरोहण पनि खोल्ने तयारीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *