थप २४ सय ४० जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण

कोहलपुर, असोज २०,

पछिल्लो २४ घण्टामा थप २४ सय ४० जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार ७८१ नमुना परीक्षण गर्दा ९ सय ३७ महिला र १५ सय ३ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको सख्ंया ८९ हजार २६३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १५ सय ३१ सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका ११७८, ललितपुरका २५० र भक्तपुरका १०३ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

सङ्क्रमितमध्ये ६५ हजार २ सय २ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११सय३३ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको संख्या २३ हजार ५ सय ७ पुगेको छ । १२ हजार ३ सय१६ होम र ११ हजार १ सय ९१जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २ सय ४४ जनाको आईसीयू र ४३ जनाको भेल्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सम्म ५ सय ५४ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *