च्याउ उत्पादनबाट मनग्य आम्दानी, गाउँका महिलासमेत स्वरोजगार

बिधुत्मा रैका,
कोहलपुर, असोज २०,

करिब २ बजेको समयमा बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ गाभर चिसापानीमा बस्ने केवल प्रसाद शर्माको घरमा पुग्यौं । उनी आफ्नी श्रीमतीसँगै मिलेर च्याउ उत्पादनका लागि बल डल्ला बनाउँदै थिए । उनले यस वर्ष साउन ५ गतेदेखि डल्ला राखेका थिए । साउनमा राखेका डल्लाबाट च्याउ उत्पादन सकिसकेको थियो । ति डल्ला झिकेर नयाँ डल्ला राख्न सुरु गरिसकेका छन् । २ हजार भन्दा बढी डल्ला तयार पारिसकेका थिए भने ४० हजार डल्ला बनाउने बाँके नै थियो । २ हजार पोकाबाट च्याउ उत्पादन सुरु गरेका उनको फर्ममा अहिले १० हजार पोका छन् ।

वि.सं.२०७० सालमा नविन कृषि फर्म दर्ता गरेर उनले कन्या च्याउ खेती गर्न सुरु गरेका हुन् । सामान्य जीवन यापनका लागि तरकारी खेती गरि जीवन निर्वाह गरिरहेका उनको पारिवारिक संख्या वृद्धि भएसँगै घरखर्च चलाउन मुस्किल हुन थाल्यो । सामान्य खर्च आवश्यक परेपछि उनी छरछिमेकीसँग सरसापट गर्न जानुपर्ने अवस्था थियो । उनले घरखर्चका लागि तरकारी खेती गर्थे तरकारीबाट खासै सोचेजस्तो लाभ लिन सकेनन र च्याउ खेती गर्ने तर्फ ध्यान गयो । रिजमएपपिमा उनले प्रपोजल हाले । नभन्दै उनलाई केही कार्यक्रम पर्याे । टहरा बनाउन, बिउँ किन्न पराल काट्न मेसिनका लागि करिब २९ लाख ७० हजार उनलाई रिजमएपपिले अनुदान दियो ।

रिजमएपपिले च्याउघर निर्माण सामग्री, प्यास्ट्रिक, पराल काट्ने चापकटर मेसिन जोशीलाई उपलब्ध गराएकाले झनै हौसला बढ्यो । उनले वर्षमा ५० देखि ६० क्वीन्टल लगभग १० देखि १२ टन च्याउ उत्पादन गर्छन् । वर्षिक ४ देखि ५ लाखसम्म आम्दानी हुन्छ । च्याउ बेचेर उनले आफ्नो जेठो छोरालाई १२ सम्म पढाए । माईलो छोरालाई बिएससि सिएस आईटीमा ब्याचुलर पढाए भने कान्छो छोरा पढिरहेका छन् । च्याउ खेतीमा उनको परिवार सबैले साथ दिईरहेका छन् । सबैजनाले आफूले समय दिन सक्ने पुरै समय च्याउलाई दिन्छन् । लगानी अनुसार राम्रो आम्दानी गर्न सकिने भएपछि शर्मा तरकारी बेच्न छोडेर आफैँ खेती गर्न थालेको बताउँछन् ।

थोरै बारीमा लगाएको तरकारी बेच्ने गरेका जोशी व्यवसायिक च्याउ खेती सुरु गरेपछि मनग्य आम्दानी गर्न थालेका हुन् । उनले भने,–‘पहिले थोरै बारीमा लगाएको तरकारी बेच्दै हिँड्दा थोरै आम्दानी हुन्थ्यो । आफैँले च्याउ खेती गरेपछि च्याउ बेच्न भ्याइ नभ्याइ छ ।’ उनले आफ्नो च्याउ र्फमा दैनिकजसो ३० देखि ४० किलोसम्म च्याउ उत्पादन हुने गरेको बताए । उनले लगानीबाट धेरै आम्दनी लिन सकिने यस व्यवसायमा आफू आकर्षित भएको बताए । आफूलाई परिवारका अन्य सदस्यले राम्रो सहयोग गरिरहेका कारण राम्रो आम्दानी भएको उनको भनाई छ ।

गाउँका वेरोजगार अन्य वेरोजगार महिलाहरु पनि उनको च्याउ फर्मका कारण स्वरोजगार बनेका छन् । गाउँका महिलाहरु उनको च्याउ फर्ममा च्याउका पोका पार्ने काम गर्छन् । उनले गाउँका महिलाहरुलाई सानो तिनो भएपनि रोजगारी सिर्जना गरेका छन् । करिब १२ जना महिलाहरुले उनको फर्ममा रोजगारी पाएका छन् । सिजन अनुसार उनीहरु त्यहाँ काम गर्न आउँछन् । असोज देखि जेठ महिनासम्म पोका बराबर २० रुपैयाँ पाउँछन् । भने धेरै पोका प्याक गर्नसक्नेले दिनमा ९ सयसम्म पारिश्रमिक पाउँछन् । वार्षिक ३ लटमा उनले च्याउ उत्पादन गर्छन् । च्याउको बिउ राखेको १ महिना देखि च्याउ उत्पादन हुन सुरु हुन्छ । एक पटक राखेको बिउले ३ महिनासम्म च्याउ उत्पादन हुन्छ । उनले भने,–‘च्याउको लागि मेहनत धेरै लाग्छ । अहिले राखेको केही च्याउ बिग्रियो तर लगानी भने डुबेन । च्याउ राम्रो भयो भने फाईदा हुन्छ । कुनैबाट घाटा पनि हुन्छ तर खास घाटा हुदैन ।’

शर्माले अहिले उत्पादन गरेका च्याउ केही कुहिए । तापक्रम बढी भएर च्याउ फाल्नु पर्याे । च्याउको लागि २२ देखि २८ डिग्रिसम्म बनाउन सक्नुपर्छ । च्याउ खेतीमा उत्साही बनेका शर्मा च्याउ उत्पादन क्षमता बढाउने गर्ने योजनामा छन् । च्याउ बेचेर उनले कोहलपुर ३ मैटहवामा जग्गा किनेर च्याउ फर्म बनाउने तयारी गरिरहेका छन् । २० बाई ४० का ८ वटा टहारा निर्माणको काम सम्पन्न भैसकेको छ । यो वर्षदेखि मैटहवामा पनि च्याउ उत्पादन गर्ने काम सुरु गर्दैछन् ।

एक डल्ला बराबर १२० रुयैयाँ लगानी लाग्ने उनले बताए । शर्माले २९ लाख लगानीमा व्यवसायिक रुपमा च्याउ खेती सुरु गरेका थिए । लगानी अनुसार नै आम्दानी हुने उनले बताए । उनलाई च्याउ खेती नगर्दासम्म छोराको फि तिर्न पनि बैंकमा ऋण लिनु पर्ने अवस्था थियो । अन्य घर खर्च, चाडवाड खर्चको लागि पनि मुस्किल हुन्थ्यो । अहिले उनको परिवार आत्मनिर्भर भएको छ । पैसा चाहिएमा कसैको मुख ताक्नु पर्दैन । कृषि ज्ञान केन्द्रले उनलाई १० लाख अनुदान दिएको छ । सनराईज बैंकबाट ऋण तथा रेसुङ्गा बैंकबाट व्याज अनुदानमा ऋण लिएर व्यवसाय बढाए ।

कोरोना कहरका कारण गरिएको लकडाउनले उनको व्यवसायमा पनि प्रभाव पार्याे । उनले उत्पादन गरेका च्याउ बजारसम्म जान सकेन । र कुहिएर फाल्नु पर्याे । उनले उत्पादन गरेका च्याउ कोहलपुरका साथै नेपालगञ्ज र सुर्खेतसम्म जाने गरेको छ । च्याउ खेती गर्नको लागि धेरै प्राविधिक कुराको ज्ञान हुन जरुरी रहेको उनले बताए । यसबाट हुने खर्च र आम्दानी पहिचान गरि यस खेतीमा लाग्न सुझाव दिए ।

वर्षमै च्याउबाट ६÷७ लाख रुपैयाँभन्दा बढी आम्दानी लिने गरेको उनको अनुभव छ । बजारमा च्याउको मुल्य प्रति किलो २ सय रुपैयाँ छ । जोशीका अनुसार उनले जेठ, असार र साउन महिना बाहेक वर्षभरीनै कन्या च्याउ उत्पादन हुँदै आएको छ । जाडो याम च्याउ खेतीका लागि उपयुक्त मौसम मानिन्छ । भदौदेखि फागुनसम्म च्याउ खेती गर्नु उपयुक्त हुने बताइन्छ ।

तस्बिर : बिजय परियार

Leave a Reply

Your email address will not be published. Required fields are marked *