शिखा बुक्सद्धारा विभिन्न विधाका सात पुस्तक बजारमा
कोहलपुर, असोज १९,
साहित्यिक पुस्तक प्रकाशनमा अग्रणी शिखा बुक्सले विजया दशमीको उपलक्ष्यमा पाठकहरुको बिदाको समय उपलब्धीमूलक होस् भनेर विभिन्न विधाका सात पुस्तक बजारमा ल्याएको छ ।
हालसालै मात्र शिखा बुक्सको प्रकाशन ‘महारानी’ मदन पुरस्कारबाट सम्मानित भएको छ भने उनै महारानी–लेखक चन्द्रप्रकाश बानियाँको अर्काे कृति भौज्याहा पनि बजारमा आइसकेको छ । त्यस्तै पुरूषोत्तम बस्नेतको ‘नेपाली कांग्रेसको इतिहासको प्रारूप’, डा बद्री नारायण गौतमको ‘गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन’, डा शोभाकर पराजुलीको ‘समाजबाद र बी.पी. कोइराला’ र साहित्यकार भीष्म उप्रेतीको निबन्धसंग्रह ‘हिमाल शेर्पा र यती’ ले पुस्तक–बजारमा ल्याएको जनाइसकेको छ ।
टंक चौलागाईंको आख्यान कृति ‘उबडखाबड’ र शान्ति शर्माको कथासंग्रह ‘ग्रिन टावेल’ ले पनि पाठकहरुको मन जितिरहेको छ । ‘फरक साहित्यिक रंग र वादका यी सात पुस्तकले पाठकहरुलाई पुस्तक–इन्द्रेणीको महसुस गराउनेमा ढुक्क छौँ ।’ शिखा बुक्सका प्रोप्राइटर पुष्पराज पौडेलले बताए ।
‘पुस्तकहरु पाठकका हातहातमा पुगिसकेकाले निकै सकारात्मक प्रतिक्रियाहरु पनि आउन थालिसकेका छन् । हामी निकै उत्साहित छौँ ।’ पौडेलले भने ।
केही दिनमा नैवरिष्ठ गीतकार ःव. रत्नशमशेर थापा को ‘घुम्तीमा नआऊ है’ र वरिष्ठ साहित्यकार पुस्कर लोहनीको उपन्यास ‘अदृश्य मान्छे’ का साथमा प्रमोद प्रधानको अनुसन्धनात्मक कृति ‘बालसाहित्यको इतिहास’प्रेसमा जाने अन्तिम तयारीमा छन् ।