काँग्रेस केन्द्रीय समितिको बैठक स्थगित

कोहलपुर, असोज १९,

नेपाली काँग्रेसका केही नेतामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सोमबार बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयमा यही असोज १५ गते गरिएको पिसिआर परीक्षणका क्रममा पार्टीका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, जङ्गीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठलगायत अन्य नेतामा पनि सङ्क्रमण पुष्टि भएको थियो । काठमाडौँ बाहिर परीक्षण गराएका केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजयकुमार चौरसियामा पनि कोरोना सङ्क्रमण पुष्टि भएकाले आजका लागि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको पार्टी कार्यालयले जनाएको छ ।

काँग्रेस केन्द्रीय समितिको आगामी बैठक यही असोज २५ गते दिउँसो २ बजेका लागि सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *