अहिले बसोबास गरिरहेको स्थानबाट दसैँ मनाउन सरकारको आग्रह

कोहलपुर, असोज १९,

सरकारले अहिले बसोबास भइरहेको स्थानबाट यसपालीको दसैँ मनाउन अपिल गरेको छ ।

कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण बढिरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दसैँका लागि यात्रा नगर्न आग्रह गरेको हो । कोरोना भाइरस सम्बन्धी नियमित जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हिजो यस्तो आग्रह गरेका हुन् ।

साथै जनस्वास्थ्यको मापदण्डमा कडाइ गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको पनि मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो । काठमाडौँ उपत्यकामा कोरोनाका सङ्क्रमित थपिने क्रम दैनिक रुपमा बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *