बलात्कारका घटनामा लगातार सुनुवाइ गर्न निर्देशन

कोहलपुर, असोज १९,

महान्यायाधिवक्ताको कार्यालयले बलात्कारका घटनामा लगातार सुनुवाइका लागि ७ दिनभित्र अदालतमा निवेदन दिन मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।

मुलुकी फौजदारी कार्यविधि नियमावलीमा नेपाल सरकार वादी भई चलेको फौजदारी मुद्दामा सबै प्रतिवादी उपस्थित गराइएकोमा वा प्रतिवादी उपस्थित हुने अवधि समाप्त भएपछि लगातार कारबाही र सुनुवाई गरी किनारा गर्ने महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता लोकराज पराजुलीले जानकारी दिए । महान्यायाधिवक्ताको कार्यालयले यो कानूनी व्यवस्था अनुसार सुनुवाइको माग गर्न सबै सरकारी वकिलको कार्यालयलाई भनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *