उत्तरी सीमाका विषयमा फेरि नयाँ विवाद

कोहलपुर, असोज १९,

केहि समय अघि चीनले निर्माण गरेका ११ वटा भवनको क्षेत्र नेपाली भूमिको विवाद भएको हुम्लामा फेरि अर्को विवाद शुरु भएको छ ।

नेपाल काँग्रेसका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशसभाका प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले लाप्चाको स्थलगतका क्रममा १२ नम्बर पिल्लर नयाँ निर्माण गरिएको भनेपछि सीमा विवाद फेरि बल्झिने देखिएको हो । जिल्लाबाट निर्वाचित प्रतिनीधिसभा सदस्य छक्कबहादुर लामाले भ्रमण गरेर फर्किएलगत्तै जानुभएका शाहीले हिजो नेपाल रचीनको सिमाना लोलुङ क्षेत्रमा २०१९ सालमा निर्माण गरिएको १२ नम्बर पिल्लर नयाँ बनाएको खुलासा गरेका हुन् ।

उक्त क्षेत्रको भ्रमण गरेर फर्किनुभएका नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले भने पुरै पिल्लर नयाँ बनाएको नभइ चीनतर्फको भागमा नयाँ प्लास्टर गरेको जस्तो देखिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *