कवाडी खोलामा बेपत्ता ५ जना अझै भेटिएनन्

कोहलपुर, असोज १८,

बाजुराको हिमाली गाउँपालिका वडा नं ५ कवाडी खोलामाबगेर बेपत्ता भएका पाँच जना अझै भेटिएका छैनन् ।

एकै परिवारका पाँच जना शुक्रबार बगेर बेपत्ता भएका थिए । सुरक्षाकर्मी र स्थानीयको सक्रियता खोजिकार्य भएपनि आजसम्म उनीहरू नभेटिएका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो खोलामा नुहाउन गएका बेला वेपत्ता भएका आमा, लगायत छोराछोरीको खोजिकार्य जारी रहेको र हालसम्म नभेटिएको उनले बताए ।

कवाडी खोलाबाट बगेर नजिकै रहेको कर्णाली नदीमा मिसिएको हुन सक्ने हुँदा त्यहाँ पनि खोजीगर्न थालिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *