सुरुङमार्ग निर्माणका लागि २७ निर्माण कम्पनी इच्छुक

कोहलपुर, असोज १८,

निर्माणाधीन काठमाडौं निजगढ दु्रतमार्गमा सुरुङमार्ग निर्माणका लागि २७ निर्माण कम्पनी इच्छुक देखिएका छन् ।

१६ वटा कम्पनीले आयोजनाका सुरुङमार्गका लागि बनाइएका दुबै प्याकेजको पूर्वयोग्यता निर्धारण गर्ने प्रतिस्पर्धामा सहभागिता जनाएका छन् । नेपाली सेनाले सुरुङमार्ग निर्माणका लागि प्रतिस्पर्धा गर्ने कम्पनीको संक्षिप्त सूची तयार गर्न आशयपत्र आह्वान गरेकोमा एउटा प्याकेजमा २१ र अर्को प्याकेजमा २२ कम्पनीको आवेदन परेको सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *