लालबाबु पण्डितको उद्घोष : ‘गृह मन्त्रालयको जिम्मेवारी पाए ६ महिनामा ५० प्रतिशत अपराध घटाउँछु’

१४ पौष, २०७४
भक्तपुर : एमाले नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले गृह मन्त्रालयको जिम्मेवारी आफूले पाए ६ महिनाभित्र अहिले भईरहेकोमध्ये ५० प्रतिशत अपराध न्यूनीकरण गर्ने दावी गरेका छन् ।

भक्तपुरमा गरिएको कार्यक्रममा नेता पण्डितले राजनीति र अपराधको साँठगाँठबाट हुने अपराध न्यून गर्ने उपाय आफूसँग भएको जिकिर गरे । राजनीति र अपराधलाई छुट्याउन जरुरी रहेको भन्दै उनले राजनीतिक आवरणमा हुने अपराधलाई न्युनीकरण गर्न आवश्यक भएको बताए ।

हरेक मन्त्रीले पाएको जिम्मेवारी इमानदारीका साथ निर्वाह गरे देशले दश वर्षमै विकासमा फड्को मार्ने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *