कक्षा १२ को परीक्षा नहुनेबारे नसोचिएको शिक्षा मन्त्रीको भनाई

कोहलपुर, असोज १७,

कक्षा १२ को परीक्षा हुने नहुने बारेमा अन्यौलता सृजना भइरहेका बेला सरकारले भने ढिलो चाँडो कक्षा १२ को परीक्षा हुने जनाएको छ ।

कक्षा १२ विद्यालय शिक्षाको अन्तिम परीक्षा भएकाले पनि अहिलेसम्म परीक्षा नगर्ने कोणबाट नसोचिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले स्पष्ट पारे । राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गर्नुपर्ने, यसैको आधारमा विश्वविद्यालयमा भर्ना हुनुपर्ने, समकक्षता निर्धारण जस्ता कारणले गर्दा कक्षा १२ को परीक्षा रद्द गर्न नमिल्ने मन्त्री पोखरेलको भनाइ छ ।

बोर्डले परीक्षा आवेदन फाराम भरेका विद्यार्थी कोरोनाका कारण आफू अध्ययनरत विद्यालय भन्दा फरक जिल्ला वा स्थानमा बसिरहेका छन् छैनन् भन्ने विवरण संकलन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *