करको दर घटाउने सरकारको निर्णय

कोहलपुर, असोज १७,

सरकारले आर्थिक ऐन २०७७ अनुसार अन्तशुल्क करको दर घटाउने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले हिजो यस्तो जानकारी गराएका हुन् । त्यस्तै उद्योग मन्त्रालय अन्तरगतको एकल सेवा विन्दु केन्द्र र खानी विभागका लागि अधिकृत तहको २८ अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ । सरकारले एसिड पीडितका नाममा चन्दा सहयोग उठाउन नपाउने र त्यस्तो कसुर सम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने गरी तोक्ने निर्णय गरेको छ ।

सरकारले लोकसेवालाई नियमित अवस्थामा पदपूर्तिको काम गर्न बाटो पनि खुला गरिदिएको छ । यसैबीच, सरकारले डा. गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ । केसीलाई अहिले अनशन फिर्ता लिएर कोरोनाविरुद्धको लडाइँमा सहभागी हुन सरकारका प्रवक्ता समेत रहनुभएका परराष्ट्रमन्त्री ज्ञवालीले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *