५ नम्बर प्रदेशको राजधानी देउखुरी बनाउने प्रदेश सभामा प्रस्ताव पेश

कोहलपुर, असोज १७,

प्रदेश नम्बर ५ सरकारले ५ नम्बर प्रदेशको स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव गरेको छ ।

प्रदेश सभामा स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव पेश गर्दै प्रदेश ५ सरकारले राजधानी देउखुरी बनाउने प्रस्ताव गरेको हो । शुक्रबार प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा पेस गरेका हुन् ।

दाङको देउखुरीलाई केन्द्रमा राखेर गढवा र राप्ती गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकालाई पनि राजधानीमा जोड्ने प्रस्ताव मन्त्री केसीले प्रदेश सभामा प्रस्तुत गरेका छन् । नेपालको संविधानले प्रदेश राजधानी र प्रदेशको नाम तोक्ने अधिकार प्रदेश सभालाई दिएको छ । उक्त प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुंगो लाग्नेछ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै अध्यक्षको सहमतिपछि प्रदेश सरकारले राजधानी र नामबारे शुक्रबार प्रदेश सभामा प्रस्ताव लगेको थियो ।

प्रदेश सभामा नेकपाको दुईतिहाई मत रहेको र केन्द्रबाटै ह्विप जारी भएकोले राजधानीको विषयमा मत पूरा हुने देखिएको छ । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *